बिर्तामोड । झापाको बिर्तामोडमा आजबाट झापा जिल्लास्तरीय प्रथम लायन्स ब्याडमिटन प्रतियोगिता २०७६ सुरु भएको छ । स्वास्थ्य जीवनका लागि खेलकुद भन्ने नारासहित सुरु भएको प्रतियोगितामा २४ टिमले भाग लिएका छन् ।
लायन्स क्लब अफ अनारमनीको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वान एरिया चिफ लीला चिमरियाले गरे । लायन्स क्लब अफ अनारमनीका अध्यक्ष शैलेन्द्रकुमार कुरुङ्वाङ्गको अध्यक्षतामा भएको उद्घाटन सत्रमा खुल्ला डबल र खुल्ला भेट्रानमा २४ टिमले प्रतिस्पर्धा गरेका छन् ।
आइतबार क्वाटर र सेमिफाइनलका खेल हुने बताइएको छ । व्याडमिन्टन खेलाडी उत्पादन गर्ने, युवालाई दुव्र्यसनीबाट मुक्त राख्ने, व्याडमिन्टन खेलको प्रचार गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष कुरुङ्वाङ्गले बताएका छन् ।
फागुन २६ गते समापन हुने प्रतियोगिता बिर्ता व्याडमिटन क्लबको कवर्ड हलमा भइरहेको छ । प्रतियोगिताका खुल्ला डबलका विजेताले नगद २० हजार, उपविजेताले नगद १५ हजार र तेस्रो हुने टिमले नगद पाँच हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछ ।
त्यस्तै भेट्रान डबलका विजेताले नगद १५ हजार र उपविजेताले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक समितिले जनाएको छ । प्रतियोगिताको उद्घाटन सत्रमा लायन्स मिनप्रकाश मैनाली, रविन्द्र भट्टराईलगायतले आफ्नो धारणा राखेका थिए ।