महारानीगञ्ज माविको वार्षिकोत्सवमा शिक्षकलाई सम्मान, विद्यार्थीलाई पुरस्कार
शनिश्चरे । झापाको अर्जुनधारा ११ सालबारीस्थित महारानीगञ्ज माध्यमिक विद्यालयको ६५औं वार्षिकोत्सव उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको छ भने जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिबाट पुरस्कृत गरिएको छ । अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईको प्रमुख आतिथ्यमा विद्यालयको वार्षिकोत्सव आज बुधबारदेखि सुरु भएको हो ...