बुद्धशान्ती (झापा), पुस १७ । झापाको बुद्धशान्ती–४ अमर बस्तीमा एक नवजात शिशुको शव जमिनमा गाडेको अवस्थामा फेला परेको छ ।

मंगलबार स्थानीय शंकर रेग्मीको सुपारीबारीमा गाडेको अवस्थामा नवजात शिशुको शव भेटिएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । बिहान घाँस काट्न गएका स्थानीयले गाडेको अवस्थामा शिशुको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गाडेको नजिकै रगत समेत देखिएकाले अवैध गर्भ राखेर नवजात शिशु फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

शव आफन्तको पहिचान नभएकाले खोजीकार्य तथा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टिकाबहादुर कार्कीले बताए । शवलाई पोस्टमार्टमका लागि मेची अञ्चाल अस्पताल भद्रपुर लगिएको छ ।