फिदिम । झापाली फुटबलका स्ट्राइकर कर्ण लिम्बूलाई किरात याक्थुम चुम्लुङ पाँचथरले फिदिममा सम्मान गरेको छ ।

लिम्बू समुदायबाट नेपाली फुटबलमा गरेको योगदानको प्रशंसा गर्दै चुम्लुङले सम्मान गरेको हो । फुटबल खेलेर लिम्बू समुदायको गरिमा र पहिचान उच्च राखेको भन्दै चुम्लुङले सम्मान गरेको जनाएको छ ।

फिदिममा जारी १०औँ फाल्गुनन्द गोल्डकपमा सहभागी झापा ११ सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापा ११ यहाँ कर्णको कप्तानीमा मैदानमा छ ।