अर्जुनधारा । स्वतन्त्र विद्यार्थी युनियन शनिश्चरे बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा बिहीबार नवआगन्तुक विद्यार्थीहरुको लागि स्वागत तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

युनियनका सभापति इशान पौड्याल “सञ्जिप”को अध्यक्षता र अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कार्यक्रमको औचित्यसहित स्वागत युवा रेडक्रस सर्कलका सभापति पुरुषोत्तम पौड्यालले गरेका थिए ।
नवआगन्तुक विद्यार्थीलाई प्रमुख अतिथि राना, क्याम्पस प्रमुख मोहनकुमार ओली, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सरोजकुमार ओली, उपाध्यक्ष हेमप्रसाद खरेललगायतले अविर लगाई स्वागत गरेका थिए ।

त्यसैगरी कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा समिति ८का वडाध्यक्ष गोपीचन्द्र गौतम, शनिश्चरे–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शंकर सुवेदी, सहायक क्याम्पस प्रमुख कृष्णबहादुर थापालगायतले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

औपचारिक कार्यक्रमको सञ्चालन विद्यार्थी कल्याण समाजका अध्यक्ष सुरज राजवंशीले र सांस्कृतिक कार्यक्रमको सञ्चालन दिपक भट्टराई र देवी शर्माले गरेका थिए । सहायक क्याम्पस प्रमुख थापाका अनुसार चालु शैक्षिक वर्षमा क्याम्पसमा १२० जना विद्यार्थी भर्ना भएका छन् ।