झापा । झापाको भद्रपुरस्थित मनषा सिमेन्ट उद्योगका व्यवस्थापक शनिबार मृत्त फेला परेका छन् । भद्रपुर—९ मा सञ्चालित मनषा सिमेन्ट उद्योगमा कार्यरत भारतको पटना, विशाखा निवासी ६२ बर्षीय कमल दुगड उद्योगकै कोठामा शनिवार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

उद्योग परिसरभित्रै कोठामा बस्दै आएका दुगडको मृत्युबारे अहिलै नै केही भन्न नमिल्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार ओछ्यानमा मृत भेटिएका दुगडको मुखमा कपडा हाल्नुका साथै हात खुट्टा बाधिएको छ ।

विगत ३ बर्षदेखि उद्योगमा कार्यरत दुगड शनिवार नै आफ्नो घर फर्किने तयारीमा रहेको बताइएको छ । शनिवार विहान उद्योगका चालकले उनलाई भारत छाड्ने भनि बोलाउन पुग्दा उनको शव ओछियाएमा लडेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।