अर्जुनधारा,झापा । स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालय अर्जुनधारा–८का विद्यार्थीहरुले बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्धारा सञ्चालित वृद्धाश्रमलाई आज सहयोग सामग्री उपलब्ध गराएको छ ।
विद्यालयकी संस्थापक इश्वरा श्रेष्ठको नेतृत्वमा वृद्धाश्रममा पुगेको उनीहरुले खाद्यान्न तथा आवश्यक सामग्री उपलब्ध गराएको संस्थापक श्रेष्ठले जानकारी दिइन् ।
पाठ्यपुस्तकको ज्ञानसँगै व्यवहारिकरुपमा विद्यार्थीहरुमा सामाजिक कार्यको भावना जागरुक गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको शिक्षक मनिष मुर्मुले जानकारी दिए । कार्यक्रममा कक्षा ८ र ९का ४० जना विद्यार्थी सहभागी थिए ।
सोही कार्यक्रमको सन्दर्भमा वृद्धाश्रमका स्वमंसेवक आशिष श्रेष्ठले विद्यार्थीहरुलाई केन्द्रको गतिविधि, सामाजिक कार्यको औचित्य र परिवारमा ज्येष्ठ नागरिकहरुको महत्वको विषयमा सहजिकरण गरेका थिए ।