अर्जुनधारा,झापा । संस्थामा आवद्ध कृषक शेयरसदस्यहरुलाई सीप प्रदान गरी उनीहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले तीन दिवसीय पशु व्यवस्थापन तालिम झापाको अर्जुनधारामा शुरु भएको छ ।
स्थानीय सामुदायिक भवनमा सञ्चालनरत् उक्त तालिम शनिश्चरे साना किसान कृषि सहकारी संस्था अर्जुनधारा–८को आयोजना र नगर पशुपन्छी विकास शाखाको सहआयोजनामा शुरु भएको हो ।

????????????????????????????????????

सहजकर्ता शाखा प्रमुख पशुपन्छी विकास अधिकृत पदमलाल राईले सहजिकरण गर्ने तालिममा ७० जना भन्दी बढी सहभागी रहेको बताइएको छ । सहभागीहरुलाई गाई–भैंसी पालन, कुखुरा–बंगुर पालन, बाख्रा पालनको विषयमा जानकारी गराइने संस्थाका प्रबन्धक भूमिनाथ बरालले जानकारी दिए ।
संस्था सञ्चालक समितिका अध्यक्ष भैरवबहादुर खड्काको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा स्वागत समितिका सदस्य नरेन्द्रप्रसाद अधिकारीले र कार्यक्रमको सञ्चालन प्रबन्धक बरालले गरेका थिए ।