पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ्गले सरकारले विदा काटेर देश विकास नहुने बताएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको कास्की जिल्लाको माछापुछ्रे गाउँपालिकाको घाचोकमा बुधबार राष्ट्रिय भेलालाई सम्वोधन गर्दै उनले भने– “मजदुर दिवश र बुद्ध जयन्तीलाई दिने विदावाहेक अन्य सवै विदा हिन्दु धर्मसंग सम्वन्धित छ । आदिवासी जनजातिहरुले पाइरहेको ६ वटा विदा काटेर देश विकास हुन्छ ?”

परम्परागत ढोलकी बजाएर उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुड ।

मुख्यमन्त्री गुरुङ्गले चाडपर्वलाई वेवास्ता गर्ने गृहमन्त्री हाम्रै जनजाति नै मगर छन् किन विदा दिदैन त ? भन्दै संघीय सरकारलाई प्रश्न गरे । आदिवासी जनजातिहरुको आत्म सम्मानको लागि संघीय सरकारले विदा दिनु पर्नेमा जोड दिदै गुरुङ्गले भने– विदा काटेर देश धनी हुने होइन, आफ्नै पार्टीको संघीय सरकारलाई मैले पटक पटक विरोध गर्दै आएको छु ।”

उनले घाचोक गाउँको होम स्टेको व्यापक प्रचारप्रसार गरिदिन देशभरका आदिवासी जनजाति पत्रकारलाई अनुरोध गर्दै गण्डकी प्रदेशले यो वर्ष ३ सय घरमा होम स्टे संचालन गर्ने तयारीमा लागेको वताए ।

उनले आफू गुरुङ्गको छोरा भएर गण्डकी प्रदेशको मुख्यमन्त्री भएर नेतृत्व गरिरहँदा भन्ने गरेका छन्– प्रदेश नं.४ लाई तमुवान मगरात किन घोषणा भएन भन्ने प्रश्न उठेको बताए । उनले गण्डकी प्रदेशको अलवा तमुवान मगररात बनाउने विषयमा सर्वपक्षीय हिसावले कोहीकसैसंग सहमति नजुटेपछि घोषणा हुन नसकेको वताए ।

फोनिजका अध्यक्ष डण्ड गुरुङ्गको अध्यक्षतमा सम्पन्न राष्ट्रिय भेलामा वरिष्ठ उपाध्यक्ष गजुरधन राई, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा, माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ्ग, पत्रकार महासंघका निवर्तमान महासचिव उजिर मगर लगायतले नेपाल पत्रकार महासंघको फागुण ९ गतेदेखि पोखरामा हुने विधानसभामा राष्ट्रिय भेलामा छलफल हुने नयाँ विधानलाई समावेशी र समानुपातिक वनाउन सवै आदिवासी जनजाति पत्रकारहरु एक भएर खवरदारी गरिनु पर्नेमा जोड दिएका छन् ।