अर्जुनधारा,झापा । झापाको अर्जुनधारा–८स्थित स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालयको आयोजनामा शिक्षकहरुको लागि एक दिवसीय तालिम आज सम्पन्न भएको छ ।
प्रभावकारी कक्षाकोठा प्रणालीका लागि शिक्षकहरुको व्यवासायिक विकास गर्ने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको बताइएको छ ।
सीटीएफ नेपालका क्षेत्रिय निर्देशक विनोद कार्कीले सहजिकरण गरेको तालिममा २५ जना शिक्षक सहभागी थिए । विद्यालयका प्रधानाध्यापक ओमप्रकाश ओझाको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा विद्यालयका निर्देशक वसन्तकुमार श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक सीपी सुवेदीले गरेका थिए ।