अर्जुनधारा,झापा। झापाको अर्जुनधारा–८स्थित स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालयले ३३औं वार्षिकोत्सव तथा अभिभावक दिवस आज विविध कार्यक्रम गरि मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष इश्वरा श्रेष्ठको अध्यक्षता र प्रदेश १का सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको सन्दर्भमा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा पूर्व विद्यार्थी व्यवसायी एवम् सामाजिक व्यक्तित्व देशबन्धु ढुंगेल, गत वर्षको एसईई परीक्षाका उत्कृष्ट छात्र रोशन बजगाईं, उत्कृष्ट छात्रा अञ्जली पूर्वे, गत जुलाई महिनामा काठमाण्डौंमा सम्पन्न भएको आठौं राष्ट्रिय पिस कप तोङइलमोदो प्रतियोगिताको ३०–३५ केजीमा तृतीय हुन सफल विद्यार्थी कुशल काफ्ले र वर्ष उत्कृष्ट विद्यार्थी आयुष राजवंशी रहेका छन् ।

????????????????????????????????????

त्यसैगरी विद्यार्थीहरुले सांस्कृतिक र साहित्यिक प्रस्तुतीसँगै फेसन सो, मार्सल आर्ट प्रदर्शनी, योगा, समाचार वाचनलगायतका सामग्रीहरु प्रस्तुती गरेका थिए । कार्यक्रममा प्याब्सन झापाका सहसचिव प्रभुकुमार श्रेष्ठ, प्याब्सन नगरका अध्यक्ष रुद्रप्रसाद सिटौला, शनिश्चरे प्रहरी चौकीका प्रमुख सई राजन खड्का, संस्थापक सदस्य चन्द्रबहादुर श्रेष्ठ, सल्लाहकार सदस्य लोकनाथ पौड्याल, शिक्षक–अभिभावक संघका सदस्यद्धय चन्द्र राना “लाफा” र कुमारी भण्डारी, कुसुम राईलगायतको आतिथ्यता रहेको थियो ।
प्रधानाध्यापक ओमप्रकाश ओझाले विद्यालयको गतिविधि र भावी कार्यक्रमहरुबारे जानकारी गराएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक सुजन त्रिखत्री र विद्यार्थी मञ्जुकुमारी पूर्वेले गरेका थिए । औपचारिक कार्यक्रमको सञ्चालन शिक्षक सीपी सुवेदी र सांस्कृतिक कार्यक्रमको सञ्चालन विद्यार्थीद्धय गरिमा तिम्सिना र प्रनिश मोक्तानले गरेका थिए ।