सुनसरी । सुनसरीको इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा सबै भन्दा बढी स्थानिय तह र भुमी सुधार सम्बन्धि उजुरी परेको छ । आर्थिक बर्ष २०७५/०७६ को माघ मसान्तसम्मको उजुरीमा स्थानिय तहमा भएका भ्रष्टचारदेखि भुमी सुधार तथा संघिय मामिलामा गरी ४ सय ४८ उजुरी परेको हो ।

स्थानिय निकायअन्तर्गतको उपमहानगरपालिका, नगरपालिका, गाँउपालिका र वडा कार्यालयमा सबै भन्दा बढी भ्रष्टचार सम्बन्धि उजुरी परेको अख्तियार कार्यालय इटहरीले जनाएको छ । जसमा स्थानिय तहले लगाएको ठेक्का, बिकास निर्माणका काममा बढी भ्रष्टचार भएको बताइएको छ ।

शहर केन्द्रितभन्दा पनि गाँउस्तरका कार्यालयमा हुने गतिबिधिमा बढी आर्थिक हिनामिना हुने गरेको अख्तियारको भनाई छ । कतिपय गाँउपालिका र वडा कार्यालयमा हुदै नगरेको काम देखाएर आर्थिक हिनामिना गरेको उजुरी परेको बताइएको छ ।

स्थानिय निकायकमा पेट्रोल र स्टेसनरी बिलमा सबै भन्दा बढी भ्रष्टचार गरेको उजुरी समेत कार्यालयमा प्राप्त भएको छ । कार्यालयका कर्मचारीले नै बढी बिल भुक्तानी गरेर पैसा हिनामिना गरेको उजुरी परेको कार्यालयले जनाएको छ । साथै ठेक्का लगाएको योजनामा कमसल सामाग्रीदेखि गुणस्तरिय हिन काम गरेको उजुरी परेको छ ।

स्थानिय निकायसगैं भुमीसुधार मन्त्रालय अन्तर्गतका कार्यालयका उजुरी धेरै आउने गरेको बताइएको छ । जसमा मालपोत कार्यालय, नापी, गुठी संस्थान आदी कार्यालयको उजुरी बढी आउने गरेको अख्तियार कार्यालय इटहरीले जनाएको छ । पैसा नदिई काममै नहुने देखि सेटिङ्ग मार्फत मोही लगाउनेसम्मको उजुरी कार्यालयमा परेको छ । कार्यालयले यस सम्बनिध अहिलेसम्म ४ सय ४८ उजुरी मध्ये १ सय ३६ उजुरी फर्छाेट गरेको छ । बाँकी रहेको ३ सय १२ वटा उजुरीको अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

यस्तै कार्यालयमा भौतिक पूर्वाधार तथा यातायात, शहरी बिकास, सिचाई, खानेपानी, उर्जा, स्थानिय बिकास मन्त्रालय अन्तर्गतका ३ सय ४३ उजुरी परेको छ । उजुरी परेका मध्ये १ सय ५० वटा फर्छाेट भएको र १ सय ९३ वटा उजुरीको अनुसन्धान भइरहेको बताइएको छ ।

शिक्षा मन्त्रालय अन्तर्गत २ सय ९५ उजुरी मध्ये १ सय ४ फर्छाेट भएको र १ सय ९१ उजुरीको अनुसन्धान भइरहेको छ । बन तथा भु संरक्षण, गृह, अर्थ, सहकारी, युवा तथा खेलकुद, स्वास्थ्य, उघोग मन्त्रालय अन्तर्गतमा २ सय ५० वटा उजुरी परेको र १ सय ५ फर्छाेट भएको र १४५ अनुसन्धान भइरहेको कार्यालयले विवरण दिएको छ ।

कार्यालयले तिनवटा शाखा बनाएर प्राप्त उजुरीको आधारमा छानबिन गदै आएको छ । कार्यालयले माघ मसान्तसम्म ५ जनालाई घुस सहित रंगेहात पक्राउ गरेको र ६ जना भ्रष्टचारमा संलग्नलाई कारबार्ही गरिसकेको जनाएको छ ।

कार्यालयका प्रमुख महेश आचार्यले सेवाग्राहीको उजुरीलाई तत्काल अनुसन्धान गरेर परिणाम दिने गरेको बताए । मसान्तसम्म ४ सय ९५ वटा उजुरीको सफलता पूर्वक अनुसन्धान गरेर दोषीलाई कानुनी कारबार्हीको दायरामा ल्याएको उनले बताए ।

अख्तियारको टोली २४ घण्टा अर्लटमा रहेर भ्रष्टचार गर्नेहरुको बिरुद्ध जतिबेला पनि अप्रेसन गर्न सक्ने आर्चायले बताए । ‘भ्रष्टचार नियन्त्रण गर्न हामी सबैको जिम्मेवारी हो, सुचना र उजुरी पाउन साथ हामी एक्शनमा जान्छौ’ उनले भने ।

आयोगको कार्यालय इटहरीले प्रदेश १ को उदयपुर जिल्ला बाहेक प्रदेश २ को सप्तरीसम्मको उजुरी लिने गरेको छ ।