अर्जुनधारा । झापाको अर्जुनधारा–८स्थित एम्स एकाडेमीको २१औं वार्षिकोत्सवको सन्दर्भमा मंगलबार आयोजित अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

शिक्षक अभिभावक संघका अध्यक्ष रमेश नेपालको अध्यक्षता र निजी तथा आवासिय विद्यालय संगठन(प्याब्सन) प्रदेश १का उपाध्यक्ष मिलनकुमार ढुंगानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक यमनकुमार दनुवार र विद्यार्थी मनिता बस्नेतले गरेका थिए ।

वार्षिकोत्सवको सन्दर्भमा विद्यार्थीहरुले सांस्कृतिक तथा साहित्य सामग्रीहरु प्रस्तुत गरेका थिए । त्यसैगरी सामाजिक सञ्जालको प्रभावकारिता विषयको नाटक मञ्चन गरिएको कार्यक्रममा पूर्व विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण, योगा, सांस्कृतिक भेषभुषा प्रदर्शनी, हस्तकलाका सामग्रीहरुको प्रदर्शनी गरिएको थियो ।

प्रधानाध्यापक टीआर गौतमले विद्यालयको गतिविधिहरुसहित भावी कार्यक्रमहरु बारे जानकारी गराएको कार्यक्रममा प्याब्सन झापाका सहसचिव प्रभुकुमार श्रेष्ठ, नगरका अध्यक्ष रुद्रप्रसाद सिटौला, अर्जुनधारा जेसीज शनिश्चरेका पूर्व अध्यक्ष प्रल्हाद ढुंगाना, रुपरत्न हरि प्रतिष्ठानका महासचिव लोकनाथ पौड्याल, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतको आतिथ्यता रहेको थियो ।

औपचारिक कार्यक्रमको सञ्चालन शिक्षक रामचन्द्र अधिकारीले र सांस्कृतिक कार्यक्रमको सञ्चालन विद्यार्थीद्धय दिव्या कटुवाल र प्रनिका न्यौपानेले गरेका थिए ।