अर्जुनधारा,झापा । झापाको अर्जुनधारा–६स्थित ब्रीलियन्ट पिपूल्स सेकेण्डरी स्कूलको आठौं वार्षिकोत्सव आज विविध कार्यक्रम गरि सम्पन्न भएको छ ।
ब्रीलियन्ट एजुकेसन फाउण्डेसन प्रा.लि.का अध्यक्ष कैलाश पोखरेलको अध्यक्षता र अर्जुनधारा नगरपालिकाकी नगर उपप्रमुख कमला खतिवडा आचार्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक अमृत बस्नेतले गरेका थिए ।
कार्यक्रमको सन्दर्भमा सांस्कृतिक कार्यक्रमसहित विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो । यसरी पुरस्कृत हुनेहरुमा मानबहादुर मेमोरियल स्कोलरसीपबाट गत वर्षको एसईई उत्तीर्ण विद्यार्थी कञ्चन बिमली, विष्णुलक्ष्मी चन्द्रकला एवार्डबाट गत वर्षको एसईई परीक्षाका उत्कृष्ट विद्यार्थीद्धय सनी शाह र सोइन पोखरेल, महेश्वर पौड्याल स्कोलरसीपबाट कक्षा ८का प्रज्ञान खतिवडा, हरि अधिकारी मेमोरियल एवार्डबाट कक्षा ३की फूङनिमा हाङसुरुम्बा, जनजाती तथा जेहेन्दार विद्यार्थी पुरस्कार २०७४बाट कक्षा २का मानव राजवंशी र गरीब तथा जेहेन्दार विद्यार्थीतर्फ कक्षा १की यूनिका खतिवडा पुरस्कृत भएका छन् ।
त्यसैगरी बेस्ट टीचर अफ दी इयरबाट रामनाथ गड्तौला, बेस्ट नन टिचीङ स्टाफ अफ दी इयरबाट डिल्लीराम ढकाल, बेस्ट गार्जेन अफ दी इयरबाट दिपेशकुमार र मधुमाया भट्टराई दम्पत्ती, बेस्ट स्टुडेन्ट अफ दी इयर बोय कक्षा ८का रिजन बराल तथा गर्ल कक्षा ८की कृती ढकाल, बेस्ट स्पोर्टसम्यान अफ दी इयरबाट कक्षा १०का मनोज श्रेष्ठ सम्मानित भएका छन् ।
कार्यक्रममा वडाध्यक्ष लोकनाथ गौतम, निजी तथा आवासिय विद्यालय संगठन (प्याब्सन) झापाका अध्यक्ष एलपी उप्रेती, नगर प्याब्सनका अध्यक्ष रुद्र सिटौला, विद्यालय अन्र्तगत रहेको बाल क्लबका अध्यक्ष उज्जवल नेपाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

????????????????????????????????????

वर्तमान अवस्थामा नेपाली युवाहरु वैदेशीक रोजगारीमा जानुपर्ने बाध्यता र त्यसले निम्त्याउने पीडासम्बन्धी प्रस्तुती, कविता वाचन, काता प्रदर्शनी, र्याम्पवाकलगायत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन प्रधानाध्यापक ताराप्रसाद नेपाल र शिक्षक बिमला कार्कीले गरेका थिए ।