अर्जुनधारा,झापा । झापाको अर्जुनधारा–७स्थित महिला चेतना बहुउद्धेश्यीय सहकारी संस्था लि.को आयोजनामा “आमा र माटोको स्वास्थ्य सुधार भान्सा नै औषधालय” अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।
प्रकृती र संस्कृतीलाई स्वास्थ्य बनाउँदै खानेकुरालाई प्रकृतीमैत्री बनाउन सचेतना जगाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
सहजकर्ताहरु वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघका अध्यक्ष रोमलाल गिरी, संघ झापाका अध्यक्ष रामबहादुर राई र कोषाध्यक्ष टेकबहादुर गिरीले सहजिकरण गरेको कार्यक्रममा १५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
संस्था सञ्चालक समितिका अध्यक्ष नीलाकुमारी दाहालको अध्यक्षता र वडाध्यक्ष नवराम ढुंगाना “नविन”को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य व्यवस्थापक उमा थापाले गरेकी थिइन् ।
लालीगुँरास महिला कृषि सहकारी संस्थाकी अध्यक्ष मेनुका पौड्याल, सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक पम्फा वि.क.लगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन सचिव गीता अधिकारीले गरेकी थिइन् ।