अर्जुनधारा,झापा । स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालय अर्जुनधारा–८को आयोजनामा आज अभिभावकहरुको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बालबालिकाको सर्वाङ्गिण विकासमा अभिभावकको भूमिका बारे उनीहरुलाई जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक ओमप्रकाश ओझाले बताए ।
सहजकर्ता केरीयर टे«निङ फाउण्डेसन नेपाल(सीटीएफएन)का पूर्वाञ्चल निर्देशक विनोद कार्कीले सहजिकरण गरेको कार्यक्रममा दुई सय जना भन्दा बढी अभिभावकको सहभागिता रहेको विद्यालयका निर्देशक वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
१०९औं अन्तराष्ट्रिय नारी दिवसको सन्दर्भमा विद्यालय अन्र्तगत रहेको अभिभावक संघको तर्फबाट विद्यालयकी संस्थापक इश्वरा श्रेष्ठलाई सम्मानित गरिएको थियो । संघका अध्यक्ष दिपीन राईको अध्यक्षतामा आयोजित कार्यक्रममा सल्लाहकार लोकनाथ पौड्याल, महिला नेतृ लीला राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक सीपी सुवेदीले गरेका थिए ।