अर्जुनधारा,झापा । सृजना शिशु सदन अङग्रेजी आवासिय विद्यालय अर्जुनधारा–९को २७औं वार्षिकोत्सव आज विविध कार्यक्रम गरि सम्पन्न भएको छ ।
विद्यालयका प्रधानाध्यापक विकाश बुढाथोकीको अध्यक्षता र शिक्षासेवी खोमबहादुर राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य शिक्षक विष्णु पोखरेलले गरेका थिए ।

????????????????????????????????????

वार्षिकोत्सवको सन्दर्भमा विद्यालयको विकासमा विशेष योगदान पु¥याउने स्थानीय शिक्षासेवी विष्णुबहादुर राईलाई मरणोपरान्त सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वका छोरा एवम् कार्यक्रमका प्रमुख अतिथि राईले बुबाको सम्मान पत्र र दोसल्ला ग्रहण गरेका थिए ।
त्यसैगरी विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको कार्यक्रममा विद्यालयमा हालै सम्पन्न भएको वार्षिक खेलकुद प्रतियोगिताका प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, देवेन्द्र सञ्जेल, मानबहादुर भूजेल, शंकर चौहनलगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन विद्यालयका इञ्चार्ज दिपेश पनेरुले गरेका थिए ।