अर्जुनधारा, झापा । स्थानीयस्तरमा रहेका युवाहरुलाई लागूऔषध दुव्र्यसनसम्बन्धी जानकारी दिने उद्देश्यले एक दिवसीय सचेतना कार्यक्रम शनिबार झापाको अर्जुनधारामा सम्पन्न भएको छ ।

अर्जुनधारा १० नम्बर वडा समितिको आयोजनामा स्थानीय पञ्चकन्या देवीस्थानको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए ।

वडासचिव कृष्ण नेपालका अनुसार नाइट चेस क्लब काँकरभिट्टाका कार्यक्रम अधिकृत सोमराज ढकालले सहजीकरण गरेको कार्यक्रममा ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

वडाध्यक्ष बलदेव गोम्देनलले बाटाघाटा, पुलपुलेसा बन्दैमा गाउँ समाज समृद्ध नहुने भन्दै समृद्धका लागि स्थानीय युवा शिक्षित र कुलतमा फँसेको हुन नहुने उल्लेख गरे । कार्यक्रममा नगर पूर्वाधार समितिका संयोजक रमेश त्रिखत्री, गैह्र सरकारी महासंघ झापाकी सदस्य मञ्जु कार्की, रिकभरी नेपालका भक्तिप्रसाद सिटौला, सुखानी सहिद स्मृति प्रतिष्ठानका व्यवस्थापक पूष्पलाल तिवारी, राष्ट्रियता संरक्षण युवा मञ्चका सदस्य रमेश नेपाल, पञ्चकन्या सेवा समितिका अध्यक्ष केदारनाथ ढुङ्गेललगायतको आतिथ्यता रहेको थियो ।

वडा सदस्य सकुन्तला बरालको अध्यक्षतामा आयोजित कार्यक्रममा औचित्यसहित स्वागत मन्तव्य वडा सदस्य भोलानाथ गौतमले र कार्यक्रमको सञ्चालन वडासचिव नेपालले गरेका थिए ।