0 Shares

अर्जुनधारा,झापा । झापाको अर्जुनधारा–४स्थित गजेन्द्र कटुवालको घर उत्तर आरसीसी कल्भर्ट निर्माण योजना अन्र्तगत स्थानीय ककवाली होेलीमा निर्माण सम्पन्न भएको स्लाभ कल्भर्टको आज एक कार्यक्रमकोबिच उद्घाटन गरिएको छ ।
कल्भर्ट निर्माण उपभोक्ता समितिका अध्यक्ष पहलमान खड्काको अध्यक्षतामा आयोजित योजनाको सार्वजनिक सुनुवार्ई कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख हरिकुमार राना र वडाध्यक्ष दुर्गाप्रसाद दाहालले संयुक्तरुपमा उक्त कल्भर्टको उद्घाटन गरेका थिए ।
त्यसैगरी कार्यक्रममा समितिका सचिव गजेन्द्र कटुवालले योजनाको आय–व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए । प्र्रस्तुत प्रतिवेदन अनुसार गत पुस ११ गते सम्झौता भई वैशाख ३० गते सम्पन्न भएको उक्त कल्भर्टको जम्मा लागत ११ लाख ८९ हजार छ सय ३० रुपैयाँ उल्लेख गरिएको छ ।
कल्भर्ट निर्माण गर्न चालु आर्थिक वर्षमा नगरपालिकाबाट १० लाख बजेट विनियोजन भएको र बाँकी रकम जनसहभागितामार्फत् संकलन गरिएको सचिव कटुवालले जानकारी दिए ।
त्यस्तै निर्माण सम्पन्न भएको कल्भर्टको विषयमा जानकारी गराउँदै उक्त कल्भर्ट ‘नमूना स्लाभ कल्भर्ट’कोरुपमा निर्माण भएको नगरपालिकाका इञ्जिनियर लक्ष्मीप्रसाद सापकोटा दावी गर्छन् ।
स्टीमेट अनुसार समयमै निर्माणको काम सम्पन्न गरेकोमा समितिले कल्भर्ट निर्माणको जिम्मा पाएका ठेकेदार निरानन्द गिरीलाई नगद पुरस्कारबाट पुरस्कृत गरेका थिए । कार्यक्रममा वडा सदस्य राधिका जबेगु, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, केदार पराजुली, तुलसी खतिवडालगायतको आतिथ्यता रहेकोे थियो । कार्यक्रमको सञ्चालन सचिव कटुवालले गरेका थिए ।