इलाम । प्रगतिशिल लेखक संघका प्रदेश अध्यक्षको प्रथम अधिवेशनबाट इलामका साहित्यकार डा.देवी क्षेत्री दुलाल निर्वाचित भएका छन् ।

सुनसरीको धरानमा सम्पन्न अधिवेशनबाट संघको उपाध्यक्षमा भोजपुरकी मुना श्रेष्ठ र सुनसरीका डा.खेम खनाल निर्वाचित भएका छन् ।

यस्तै, संघको सचिवमा इलामकी खिना परियार निर्वाचित भएकी छिन् भने सह–सचिवमा संख्यसभाका राजेन्द्र सर्वहारा र कोषाध्क्षमा झापाकी विन्दु अधिकारी निर्वाचित भएका छन् । उक्त प्रगतिशिल लेखक संघ बामबन्थी लेखकहरूको साझा मोर्चा हो ।