मोरङ । बढदो सवारी दुर्घटनालाई न्युनीकरण गर्ने ध्येयका साथ प्रदेश नम्बर १ मा पहिलोपटक सोमबारबाट टिपरलाई टाईम कार्ड बितरण गरिएको छ ।

मोरङको बेलबारी १० भाउन्नेमा एक कार्यक्रम आयोजना गरी टिपर चालकलाई टाईम कार्ड बितरण गरिएको हो । बढदो सवारी दुर्घटना न्युनिकरणका लागी पहिलो चरणमा टिपरलाई टाईम कार्ड बितरण गरिएको प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले बताए । टिपरमा जवान चालकहरु बढी रहेको,भत्ताको लोभमा तिब्र गतिमा ट्रिपर चलाउने गरेको र मादकपदार्थ सेवनका कारण बढी दुर्घटना हुने गरेको भन्दै उनले टाईम कार्ड बितरण गरिएपछि दुर्घटना न्युनीकरण हुने बताए ।

टाईम कार्ड लागु भएपछि निर्धारित दुरीमा निर्धारित सवारी नचलाए पहिलो पटक सम्झाउने र दोस्रो पटक कारबाही गरिने समेत उनले बताए । यसअघि प्रदेश नम्बर १ ट्राफिक प्रहरीले बिहान १ घण्टा र बेलुका १ घण्टा ट्रिपर सञ्चालनमा लगाएको रोक तत्कालका लागी यथावत रहने र सोही नियम अनुसार चल्न चालकहरुलाई उनले निर्देशन समेत दिएका छन ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रमुख शिवकुमार पोख्रेलले टाईम कार्ड शुरु भएपछि चालकहरु सचेत हुने र दुर्घटनामा कमी आउने बिश्वास ब्यत्त गरे । उनले चालकहरुको लापरबाहीका कारण नै धेरै दुर्घटना भएको भन्दै अब टाईम कार्ड अनुसार सवारी चलाए दुर्घटना न्युनीकरणमा मद्धत पुगने उनले बताए । ट्रिपर ब्यबसायी महासंघका अध्यक्ष गोपाल कार्कीले टिपरका कारण मात्र दुर्घटना हुने नभएको भन्दै उनले टिपरमात्र बढी निशानामा पर्ने गरेको बताए । उनले प्रहरी सँगको सल्लाह र सहकार्यमा नै टाईम कार्ड लागु भएको बताए । अरुलाई मात्र दोष दिनुभन्दा आफैबाट किन शुरु नगर्ने भन्ने उद्धेश्यका साथ यो कार्यक्रम शुरु भएको उनले बताए ।

कार्यक्रममा नेकपाका बेलबारी संयोजक ईरान राईले टाईम कार्ड सकरात्मक भएको र दुर्घटना न्युनिकरणका लागी सबै सचेत हुनुपर्ने बताए । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङको आयोजनामा भएको कार्यक्रम बेलबारी १० का वडाध्यक्ष गंगा याख्खाको सभापतित्वमा कार्यक्रम भएको ट्राफिक प्रहरी कार्यलय बेलबारीका प्रमुख लिलाकुमार श्रेष्ठले जानकारी दिए ।