अर्जुनधारा,झापा । झापाको अर्जुनधारा–९ कालिस्थानस्थित कालिकापीठका विद्यार्थीहरुलाई आज एक कार्यक्रमकोबिच नगदसहित खाद्य सामग्रीहरु उपलब्ध भएको छ ।
अर्जुनधारा–१०का वडाध्यक्ष एवम् कालिकापीठका प्रमुख सल्लाहकार बलदेव गोम्देनको ४४औं जन्मोत्सवको सन्दर्भमा उनीहरुलाई उक्त सामग्रीहरु वितरण गरिएको हो ।
वडाध्यक्ष गोम्देनले कालिकापीठका सल्लाहकार तोयानाथ मिश्र र विद्यार्थी उपेन्द्र खतिवडालाई संयुक्तरुपमा उक्त सामग्रीहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा वडाध्यक्ष गोम्देनकी पत्नी अनिता गोम्देन, छोरी एनी गोम्देन र दिग्जेल गोम्देनलगायतको सहभागिता रहेको थियो ।
जन्मदिनमा गरिने अन्य खर्च भन्दा यस किसिमको कार्य सबैको लागि उदाहरणीय हुने वडाध्यक्ष गोम्देनले बताए । कार्यक्रममा सल्लाहकार मिश्रले धन्यवाद ज्ञापन गरेका थिए ।