फिक्कल । रुङसुङ चोकबाट मेलबोटे हुँदै गोर्खे जोडने मंगलदाश पर्यटन मार्गको विहिवार उद्धघाटन गरिएको छ ।

सुर्योदय नगरपालिकाको ३ नं वडाबाट १ नं जोडने सो सडकलाई चौथो नगरसभाबाट नामाकरण गरिएको थियो । सो अवसरमा रुङसुङ चोकमा प्राणनार्थ चतुर्थ शताव्दी महोत्वस जागनी रथयात्रा समेत गरिएको थियो । २०७४ साल चैत्र २३ गते भारतको गुजरातबाट सूरु गरिएको रथयात्रा २०७५ साल चैत्र २३ गते इटहरीमा विविध कार्यक्रमका विच समापन हुनेछ ।

इलाम र झापा सिमाना जोरकलशमा आरती गरी सुरु भएको रथयात्रा सुर्योदय नगरपालिका १० को आरुवोटे मन्दिर र फिक्कल मन्दिरमा गुरुजीबाट आर्शिवाद ग्रहण गरी रुङसुङ चोकमा औपचारिक कार्यक्रमका बिच जयजयकार लगाउँदै श्रीकृष्ण प्रणामी मंगल मन्दिर मेहलबोटेमा विर्सजन गरिएको थियो ।

४ सय बर्ष अघि सुरु गरिएको महोत्सव ३ सय बर्षसम्म हुन नसकेपछि १०८ जी महाराज श्री मोहन प्रियाचार्य ज्युको विशेष पहलमा पुन : सुरु गरिएको हो । पर्यटन मार्ग उद्धघाटन समारोहमा रथयात्रामा सरिक करिव १२ सय बढी श्रद्धालु भक्तजनहरुको उपस्थिती रहेको थियो । वडा नं ३ का अध्यक्ष होमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न समारोहमा बोल्दै प्रमुख अतिथी नगर प्रमुख रणबहादुर राईले समृद्ध नगर अभियानमा हरेक नगरबासीको सकारात्मक साथको खाचो रहेको औल्याए । ऐतिहासिक गोर्खे बजारलाई कालोपत्रे गर्ने काम अघि बढेको बताउँदै सवैको साथ र सहयोग रहे निकट समयमा मंगलदाश पर्यटन मार्गलाई कालेपत्रे गर्न सकिने उनले बताए ।

कार्यक्रममा नगर प्रमुख राई र बिशिष्ट अतिथी मोहन प्रियाचार्य जी महाराजले ६ किलोमिटर ७२४ मिटर लामो पर्यटन मार्गको शिलान्यास समेत गरे ।

कार्यक्रमका विशिष्ट अतिथी प्रियाचार्यजी महाराजले पावनभुमी मेहलबोटे पर्यटनको दृष्टिले समेत महत्वपुर्ण रहेको बताए । कार्यक्रमका अध्यक्ष कार्कीले वडा नं ३ आर्थिक र पर्यटकिय क्षेत्रको दृष्टिले नगरको गहना भएको बताउँदै आगामी बर्ष पर्यटकहरु भित्र्याउदै नगर समृद्धिमा यस क्षेत्रले अतुलनिय भुमिका खेल्न सक्ने बताए । गोर्खे बजारलाई इङगीत गर्दै कार्कीले दुर्लभ रेडपान्डा भएको थुम्केडाँडासम्म मोटरेबल बाटो पु¥याउने योजना रहेको उनले बताए ।