अर्जुनधारा, झापा । अर्जुनधारा नगरपालिकाको चौथो नगर सभाले विशेष प्रस्ताव समिति चयन गरेको छ ।

सभाको दोस्रो दिन बुधबार सभा सदस्य कुन्दन भट्टराई, टुम्मानाथ काफ्ले, माधव आचार्य रहेको विशेष प्रस्ताव समिति चयन गरेको हो । उक्त समितिलाई सभा सदस्यहरुले उठाएका सवालहरुको नीति तथा कार्यक्रम लेखन गर्ने नगरसभाले जिम्मेवारी सुम्पेको छ ।

यसैबीच, बैठक एक दिनका लागि स्थगित भएको छ । मंगलबार सुरु भएको नगरसभा बुधबार तीन घण्टा चलेर पुनः स्थगन भएको हो । मंगलबार पनि एक घण्टा चलेर सभा चलेर बुधबार बिहान ९ बजे बस्ने गरी स्थगन भएको थियो ।

सभामा विषय संसोधन प्रस्ताव माथि नगरसभा सदस्यहरुले आ–आफ्नो धारणा राखेँका थिए । विषय संशोधन प्रस्ताव सम्बन्धमा सभामा सदस्य राजेन्द्र वाग्ले, दिलबहादुर सारु, लक्ष्मी महतरा, खड्गमाया पराजुली, देवीमाया घिमिरे, विना विसुखेँले आ–आफ्नो धारणा राखेका थिए ।

त्यस्तै, शुन्य समयमा सभा सदस्यहरु क्रमश कुन्दन भट्टराई, सेवन्त ढकाल, मोहन योगी, सइकुमार राई, भोला गौतम, टुम्मानाथ काफ्ले, देवकुमार राई, होमबहादुर दुलाल, सीताराम भट्टराई, खड्गमाया पौडेलीले सुझावसहितको धारणा राखेँका थिए ।

उनीहरुले नगरको सुशासन, योजना र विकास निर्माणका विषयमा आप्mनो धारणा राख्दै नगरको समृद्धिका लागि जनप्रतिनिधिसँगै राष्ट्रसेवक कर्मचारी र नगरबासी सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

सभामा सदस्यहरुले उठाएका सवालको जवाफ सभाध्यक्ष एवम् नगर प्रमुख हरिकुमार राना, उप–प्रमुख कमला खतिवडा, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले दिएका थिए । बैठक २२ गते बिहान ९ बजे सम्मका लागि स्थगन भएको सभाअध्यक्ष रानाले जानकारी दिए ।