0 Shares

काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिर्‍याउने अभियुक्तहरुलाई प्रहरीले आज बिहीबार सार्वजनिक गर्दैछ ।

एसईईको प्रश्नपत्र लगातार दुई दिन बाहिरिए पछि प्रदेश २ मा सामाजिक र विज्ञान विषयको परीक्षा स्थगन गरिएको थियो । यसै विषयलाइ लिएर विद्यार्थीहरू आन्दोलन र तोडफोडमा उत्रिएका थिए ।लगत्तै राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश २ सरकारले गठन गरेका समितिले छुट्टा छुट्टै छानविन गरेका थिए।

त्यस्तै घटना छानविन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले सिआइबीका प्रमुख डिआइजी निरजबहादुर शाही र प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरिबहादुर पालको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज दिउँसो २. ३० बजे एक पत्रकार सम्मेलन आयोजना गरी अभियुक्तहरुलाई सार्वजनिक गर्ने जनाएको छ ।