इलाम । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन देउमाई नगरले अवकाश प्राप्त १० शिक्षकलाई सम्मान गरेको छ ।

सङ्गठनको प्रथम नगर परिषदले उनीहरुलाई खादा ओडाई सम्मानपत्र प्रदान गरेको हो । सम्मानित हुनेहरुमा छत्र सुब्बा योङ्हाङ, तिलचन्द्र गौतम, प्रकाशचन्द्र खवास, हरि आचार्य, अर्जुन लुइँटेल, तारा दवाडी, टंकप्रसाद पराजुली, याम लोरिङ्देन, रुद्रबहादुर कार्की, भानुभक्त बस्नेत, छ्त्रबहादुर कुवर, टङ्क आचार्य, अशोक आचार्य र चन्द्रमणी न्यौपाने रहेका छ्न ।

कार्यक्रममा नगर प्रमुख सुर्य पोख्रेलले शिक्षाको हितको लागि जस्तासुकै सम्झौता गर्न तयार रहेको बताए । उनले भने ” शिक्षाको गुणस्तरीयताका लागि पार्टी र जाति आस्थाको संस्था नभनी अध्यन अध्यापनमा समर्पित हुने सुझाव दिएका थिए । त्यस्तै नगरभित्र देखिएका शैक्षिक समस्या र चासोलाई बढि जोड दिएर नगरलाई शिक्षा क्षेत्रको नमुना बनाउने बताए ।

सुर्योदय शिक्षा सदनको हलमा भएको प्रथम नगर परिषद कार्यक्रममा बक्ता हरुले शिक्षा ऐनको टुंगो नलागेकोले प्रदेश र स्थानीय स्तरमा काम गर्न अत्यन्तै कठिनाई भएको बताएका थिए । वक्ताहरुले शिक्षकहरुको अस्तित्व अधिकारको र भविष्यको निम्ति सङ्गठनले संघर्ष पहरेदारी गरिरहने बताएका थिए ।