झापा । फोहोर नफ्याँक्न अनुरोध गरिएको स्थानमा फाहोर फ्याँक्ने व्यक्तिलाई नै उपहार दिने अभियानले झापामा तिव्रता पाएको छ ।

अर्जुनधारा सरसफाई अभियानले ३३औँ सप्ताह मनाइरहँदा गतसाता एउटा सैलुन र मोबाइल पसललाई उनीहरुले नै फ्याँकेको फोहोर उपहार दिइएको थियो । आज सोमबार पनि अर्जुनधारा ६ स्थित कप्तानबारी आसपासमा सरसफाई गर्ने क्रममा एक जनालाई उसले फ्याँकेको फोहोर उठाउन लगाइएको छ ।

सरसफाईका क्रममा कुनै एउटा डेन्टलसहितको ल्यावबाट निस्किएको फोहोर अभियानका सदस्यहरुले चिया बगान छेउमा फेला पारेका थिए । नाम नखुलाइएको एउटा डेन्टलका नाममा फिदिमबाट बिर्तामोड पठाइएको ‘पार्सल’मा नाम र मोबाइल नम्बर फेला पारेपछि सम्पर्क गरेर लालदेव मण्डललाई बोलाइएको थियो ।

‘पहिला त आफ्नो फोहोर भनेर स्वीकार्न मानेनन्’, अभियानका संयोजक कमल पोख्रेलले भने, ‘निकैबेर केरकार गरेपछि मात्र मण्डलले स्वीकार गरे ।’ अभियानका सदस्यहरुले मण्डललाई आप्mनो फोहोर उठाउन लगाएर पठाएका छन् । मण्डललाई ११ सय जरिवाना पनि गराइएको छ ।

‘जसको फोहोर उसैलाई उपहार’ अभियानले तिव्रता पाएपछि त्यस क्षेत्र वरिपरि फोहोर गर्ने क्रम घटेको संयोजक पोख्रेलले न्यूज सञ्जाललाई बताए । ‘फोहोर उपहारसहित जरिवाना गर्न थालेपछि फोहोर फाल्ने क्रम घटेको छ’, उनले भने ।