बिर्तामोड । बिर्तामोड–३ स्थित लोटस प्रि–स्कुल एन्ड चाइल्ड केयर सेन्टरले भव्य समारोहका बीच अभिभावक दिवससहित दीक्षान्त समारोह सम्पन्न गरेको छ ।

बिर्तामोड नगरपालिकाका शिक्षा प्रमुख युवराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत प्ले ग्रुपदेखि युकेजीसम्मका नानीबाबुहरुले राइम्स तथा नृत्य प्रस्तुत गरेका थिए ।

समाजसेवी रामचन्द्र मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरु भुर्तेल, कुलप्रसाद संग्रौला, डीआर कडरिया, बिर्तामोड उद्योग वाणिज्य संघकी पार्वता विमली, स्वस्तिका शर्मा लगायतले मन्टेश्वरी शिक्षा पद्धतिबारे धारणा राखेका थिए । विद्यालयकी संस्थापिका मुना केसी बस्नेतले स्वागत गरेको कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य भीम बस्नेतले विद्यालय गतिविधि राख्दै व्यावहारिक शिक्षाको आधार मन्टेश्वरी रहेको बताए ।

कार्यक्रममा १५ जना विद्यार्थीलाई मन्टेश्वरी दीक्षान्त प्रमाणपत्र वितरण गरिएको संस्थापिका कल्पना खड्काले बताइन् । कार्यक्रमको सञ्चालन कुसुम बरालले गरेकी थिइन् ।