झापा । अर्जुनधारा नगरपालिकाको आयोजनामा निर्माणकर्मी डकर्मी तथा सिकर्मीहरुका लागि भूकम्प प्रतिरोधात्मक घर निर्माण सम्बन्धी आधारभूत तालीम शुरु भएको छ ।

त्यसैगरी युवाहरुलाई स्थानीय रुपमा रोजगार सिर्जना गरी आत्मनिर्भर गराउने उदेश्यले इलेक्ट्रिसियन र इलोक्ट्रिकल सम्बन्धी तालिम पनि नगरमा पहिलो पटक शुरु गरिएको बरिष्ठ योजना अधिकृत हिमराज सेढाईले जानकारी दिए ।

हरेक वडामा प्रतिनिधित्व गराई डकर्मी र सिकर्मीहरु उत्पादन गर्ने लक्ष्यका साथ नगरपालिकाले तालिम दिइरहेको हो । नगरपालिकाको सभाकक्षमा सातदिवसीय संचालन भइरहेको डकर्मी तर्फको तालिममा ४५ जनाको सहभागिता रहेको छ । सहभागीहरुलाई नगरपालिकाका अनुभवी इञ्जिनियरद्धय निरज अधिकारी र लक्ष्मी सापकोटाले सहजीकरण गरिरहेका छन् । त्यस्तै करिब तीन महिना संचालन हुने इलेक्ट्रिसियन र इलोक्ट्रिकल सम्बन्धी तालिममा ४० जना महिला र पुरुषको सहभागिता रहेको छ । वडा–७ को कार्यालयमा भइरहेको तालिममा सिटीभिटीबाट मान्यता प्राप्त प्रशिक्षक विष्णु अधिकारीले सहजीकरण गरिरहेका छन् ।

दुवै तालिमको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरि कुमार रानाले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । कार्यक्रममा रानाले नगर कस्तो बनाउने भन्ने अभिारा सिकर्मी डकर्मीमा र इलेक्टोसियन इलोविटमा भएको उल्लेख गरे । रोजगारको अवसर सँगै तालिमले ज्ञान समेत प्रदान गर्ने भएकाले तालिमको भरपुग उपयोग लिनुपर्ने बताए । यो तालिमबाट केही हदसम्म भएपनि दक्ष डकर्मी र सिकर्मी अभाव पुरा गर्ने विश्वास लिएको बताए ।

नगर उप–प्रमुख कमला खतिवडाले भवन र घरका संरचना कमजोर हुँदा भुकम्पबाट अकल्पनिय क्षती व्यहोर्न बाध्य हुनुपरेको बताइन । उत्पादित डकर्मी र सिकर्मी निर्माण भएका घरहरु अव मजबुद हुने विश्वास लिएको बताइन ।

प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले नेपाल सरकारको स्विकृती नीति कार्यक्रम अन्तर्गत तालिम प्राप्तलाई मात्र निर्माणमा प्रयोग गरिने भएकाले त्यस कार्यक्रम अर्जुनधारा नगरपालिकाले अगाडि बढाएकाे बताएकाे जानकारी कार्यक्रमको संचालक बरिष्ठ योजना अधिकृत हिमराज सेढाईले दिए ।