झापा । नक्कली नम्बर प्लेट राखेर सञ्चालनमा ल्याउदै आएको सुमो गोल्ड नामको गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको अर्जुनधारा नगरपालिका ८ स्थित हात्ती किल्ला भन्ने स्थानबाट वेवारिसे अवस्थामा रहेको गाडी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाले जनाएको छ ।

साधा पोसाकमा खटिएका प्रहरीले शङ्का लागि चेकजाँच गर्दा ना २ च ६३२५ नम्बर उल्लेख गाडी दुइदिन अघि वेवारिसे अवस्थामा फेला पारेका थिए । चालक फेला नपरेपछि गाडीलाइ सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले गरेको अनुसन्धानमा नारायणी यातायात कार्यालयमा दर्ता समेत नरहेको उक्त कार्यालयबाट पत्र आएपछि गाडीलाइ नियन्त्रणमा लिनु परेको सशस्त्रका सुचना अधिकारी कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सक्कली कागजपत्र फेला नपरेपछि अनुमानित १२ लाख मूल्य कायम गरि विहीबार मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको श्रेष्ठले बताउनुभयो ।