अर्जुनधारा । स्थानीय युवालाई लक्षित गरी अर्जुनधारा १० नम्बर वडा कार्यालयले १० दिने लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ ।

वडा अध्यक्ष बलदेव सिंह गोम्देनको अध्यक्षतामा सुरु तयारी कक्षामा ५० जना युवा सहभागी रहेको छ । वैशाख १४ गतेसम्म सञ्चालन हुने कक्षाका लागि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, प्रशासकीय अधिकृत विजयकुमार शर्मा, लेखा अधिकृत चन्द्रभान गुप्ता, नासु त्रिवेन्द्र अधिकारी, सूचना अधिकृत डेनजनी आचार्यलगायतले सहजीकरण गर्नेछन् ।

उद्घाटन अवसरमा औचित्यमाथि प्रकाश भोलानाथ गौतम र सहभागीलाई स्वागत सकुन्तला बरालले गरेकी थिइन् । कालिस्थान माविको सभाहलमा सञ्चालित कक्षाको सञ्चालन खरिदार कृष्ण नेपालले गरेका थिए ।