इलाम । इलामको फाकफोकथुम–४ फुएतप्पामा सात दिवशीय भाषा लिपी संस्कृति तथा च्याब्रुङ नाच प्रशिक्षण सुरु भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ समन्वय फुएतप्पाको सहकार्यमा सो क्षेत्रका जनजातीहरुको आफनो भाषा, लिपी संस्कृति उत्थानका लागी प्रशिक्षण सुरु गरिएको हो । कृष्ण चेम्जोङको अध्यक्षता र प्रशिक्षक सागर केरुङको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको बिशिष्ट अतिथी नेपाल आदिबासि जनजाति समन्वय परिषद फाकफोकथुम–४ का अध्यक्ष दिपक लिम्बु, बिशेष अतिथी प्रशिक्षक जोनाहाङ केरुङ लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको स्वागत मन्तब्य बुद्धिजिवी लक्ष्मी चेम्जोङ्गले गरेका थिए । भाषालिपि तथा च्याब्रुङ नाचको पहिलो दिन प्रमुख प्रशिक्षक सागर केरूङ्गले लिम्बुहरूको भाषा संस्कृति तथा च्याब्रुङ नाचको बारेमा बचाई राख्नको लागि अहिलेका युवा पुस्ताहरूबाट कुनै ध्यान नदिइरहेको अवस्थामा भाषा लिपि संस्कृति बचाइ राख्न कियाचुले सञ्चालन गरेकोमा खुशी ब्यक्त गरे ।

बैशाख १५ देखि बैशाख २२ गतेसम्म प्रशिक्षण चल्ने सचिव ल्गजेंद्र लिम्बुले बताए । प्रशिक्षण मा सहभागीहरू जम्मा १७ जना प्रशिक्षार्थीहरु सहभागी छन ।