राजगढ, झापा । अर्जुनधारा नगरपालिकाको शनिश्चरे एफसी दोस्रो राजगढ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा रेड हर्स एफसी इलामलाई २ ० गोलले पराजित गर्दै शनिश्चरे सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि आयोजक क्लब र सुनसरी सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

आयोजक झापा एफसी राजगढले आइतबार सुनसरीको पाञ्चायन एफसीसँग पहिलो सेमिफाइनल खेल खेल्नेछ । विजेताले नगद एक लाख र उपविजेताले नगद ५० हजारसहित ट्रफी पाउनेछ ।