झापा । फुटबलको सिजनमा झापा ११ एफसी पहिलोपल्ट फाइनलमा प्रवेश गरेको छ ।
चितवनमा जारी भरतपुर गोल्डकपको अन्तिम सेमिफाइनल खेलबाट झापा ११ फाइनलमाा प्रवेश गरेको हो । झापा ११ ले सशस्त्र प्रहरीको एपीएफ टीमलाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
झापा ११ का लागि निर्णायक गोल निशान लिम्बुले खेलको ५८औँ मिनेटमा गोल गरेका थिए । उनी नै खेलको म्यान अफ दी म्याच घोषित भए ।
झापाले अब उपाधिका लागि शनिबार सिएमजी संकटा क्लबको सामना गर्नेछ । संकटाले बुधबारमात्र घरेलु टोली चितवन ११ लाई पराजित गर्दै फाइनल भिडन्तमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।
एजे इन्टरनेशनलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित छ लाख हात पार्नेछ भने उपविजेताले तीन लाख रुपैयाँमा चित्त बुझाउनेछ ।