दमक । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पाँचथर जिल्लामा भएको हत्या काण्डको सत्यतथ्य चाँडै सार्वजनिक हुने वताएका छन् ।
पाँचथरको आरुबोटे हत्याकाण्डमा घटनाका क्रममा भागेर ज्यान जोगाएकी बालिका सीता खजुमको स्वास्थ्य अवस्था बुझ्न आज दमक आएका मन्त्री आङवोले पत्रकारहरुसंग कुराकानी गर्दे घटनाको सत्यतथ्य छानबिन गरि चाडै सार्वजनिक गरिने वताए ।
बालिकाको उपचारका लागि प्रदेश सरकारले सवै व्यवस्था गरेको बताउदै मन्त्री आङवोले भने,’घटनाको संघीय तथा प्रदेश सरकारले छानवीन प्रकृया तीव्रताका साथ भईरहेकाले छिटै सत्यतथ्य बाहिर आउने छ ।’
घटनाको छानबिनका लागि गर्ने सरकारवाट कुनै कसर बाँकी नराख्ने बताउदै उनले छानबिनमा प्रहरीलाई सघाउन आग्रह पनि गरे ।
आङ्बोले मृतक धनराज शेर्माको घरमा भएको सीसा काण्डदेखि नौ जनाको हत्या काण्डबारे सबै सत्यतथ्य सार्वजनिक हुनेमा आफू विश्वस्त रहेको बताए ।
गत मंगलवारदेखि सीता दमकस्थित लाइफलाइन अस्पतालमा उपचाररत छिन् । उनको हात भाँचिएको र अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । सीताको स्वास्थ्य अवस्था बुझ्न उनीसंगै नेकपाका नेता योगेश भट्टराई अस्पताल आएका थिए ।
उनीहरुले अस्पतालका मेडिकल डाइरेक्टर डा.मुक्ति भट्टराईसंग बालिकाको अवस्थाबारे जानकारी लिएका थिए ।