झापा । बाहुण्डाँगी जेसीज वक्तृत्वला अवार्ड २०१९ अरुणोदय अंग्रेजी स्कुल काँकरभिट्टाकी दीक्षा पौडेलले जितेकी छिन् ।

मेचीनगर नगरस्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगितामा मेचीनगरका १९ वटा विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दै दीक्षाले अवार्ड जितेकी हुन् । अवार्डसँगै उनले नगद ३ हजार र प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

प्रतियोगितामा आदर्श विद्या मन्दिर मेचीनगर ९ कि मेलिना खनाल दोस्रो भइन । उनले नगद २ हजार, जेसीज अवार्ड र प्रमाणपत्र प्राप्त गरिन् । यसैगरी मेची जनसाधारण माविका हृदय ढुंगाना तेस्रो बने । उनले नगद १ हजार, अवार्ड र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको निर्णायकका रुपमा स्वस्तिका आचार्य, केशव पोखरेल र पुष्कर ढकाल रहेका थिए ।

शाखाका अध्यक्ष कञ्चन उप्रेतीको सभापतित्व तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्ष बद्री निरौला, उत्तम सिठुङ, सामाजिक व्यक्तित्वहरु पोषक दर्जी, अनुप कार्की, दिपक बराल सरस्वती माविका प्रधानाध्यापक भीम श्रेष्ठलगायत विभिन्न विद्यालयका विद्यार्थी तथा बाहुण्डाँगीबासीको सहभागिता रहेको थियो ।

शाखा कोषाध्यक्ष राजेश थापाले आस्था पाठ गरेका थिए । कार्यक्रम संयोजक सागर कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव देबु बानियाँले गरेका थिए ।