बिर्तामोड । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा जारी प्रथम रमपम बिर्तामोड गोल्डकपको अन्तिम क्वार्टरफाइनल खेल अहिले भइरहेको छ ।

हिजो हुने भनिएको अयोजक रेड स्टार एफसीले इलामको त्रिवेणी एफसीबीच अन्तिम क्वार्टरफाइनल खेल हावाहुरी र पानीका कारण स्थगित भएको थियो । आयोजकका सचिव प्रेमकृष्ण श्रेष्ठका अनुसार दर्के पानीका कारण रंगशालामा पानी जमेकाले खेल स्थगित गर्नु परेको हो ।
आज नै अपराह्न ४ बजे पहिलो सेमिफाइनल खेल पनि हुनेछ । पहिलो सेमिफाइनल खेलमा पूर्वेली युथ क्लब बिर्तामोडले जलथल एफसी हल्दिबारीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

यसअघि जलथल एफसी, झापा, पाञ्चायन एफसी सुनसरी र पूर्वेली युथ एफसी झापाले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।गोल्डकपमा सहभागी आठ टिम मध्येका विजेता टिमले नगद १ लाख ५१ हजार १११ र उपविजेताले ७५ हजार १११ रुपैयाँसहित ट्रफी पाउनेछ ।