मेचीनगर । झापाको मेचीनगरमा दुईदिने वातावरण सरसफाइ सचेतना कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

मेचीनगर नगरपालिकाको आयोजनामा कार्यालयको सभाहलमा कार्यक्रमको समापन गदैं नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरेका थिए ।

नगरभित्र रहेका १३ वटा सामुदायिक वनका अध्यक्षहरु, सामुदायिक वन महासंघ नेपाल झापा जिल्ला महासंघका पदाधिकारीहरु, उद्योग बाणिज्य संघका पदाधिकारीहरु, खानेपानी संस्थाका पदाधिकारीहरु, वातावरणसंग सम्बद्व व्यक्तिहरु, कार्यपालिका सदस्य जनप्रतिनिधिलगायत ६० जनाको सहभागिता थियो ।

सहभागीलाई सामुदायिक वन महासंघ नेपाल जिल्ला महासंघ झापाका अध्यक्ष वेदप्रसाद भण्डारी, मेचीनगर नगरपालिका आर्थिक विकास शाखा प्रमुख तथा खाद्य अधिकृत दीपेन्द्रकुमार कार्की, इञ्जिनियर आकाश श्रेष्ठ सञ्चारकर्मी ज्ञानेन्द्र निरौलाले विविध विषयमा जानकारी दिएका थिए ।

कार्यक्रममा सबैभन्दा पहिला जलवायु परिवर्तनमा वनको महत्वपूर्ण भूमिका हुने बताउदैँ सबैभन्दा पहिला जलवायु परिवर्तन भनेको हो बुझ्न मौसम र जलवायु परिवर्तनका बारेमा थाहा हुनुपर्ने बताईएको थियो ।

प्रशिक्षकहरुले २४ घण्टाभित्र हुने परिवर्तन हावापानी, समय परिवर्तन, बिहान-दिउँसो-बेलुका-राति अँध्यारो-उज्यालो आदि सबै मौसम भएको जानकारी गराएका थिए । यसैगरी कम्तिमा पनि ३० वर्षभित्र हुने मौसमी परिवर्तन वा प्रभावलाई जलवायु परिवर्तन भनिने सहभागीलाई बताइएको थियो ।

वायुमण्डलमा ३ वटा ग्यास रहेको भन्दैं उहाँले ७८ प्रतिशत नाइट्रोजन, २१ प्रतिशत अक्सिजन र १ प्रतिशत अन्य ग्यास रहेको कार्यक्रममा बताइएको थियो । कार्यक्रममा सहभागीलाई फोहोरमैला व्यवस्थापनका बारेमा तथा वातावरण र सरसफाइका विषयमा जानकारी गराइएको थियो ।