झापा । झापा जिल्लाका जिम तथा फिटनेस व्यवसायीहरुको बिर्तामोडमा भएको एक भेलाले तदर्थ समिति गठन गरेको छ ।
शनिबार भएको भेलाले क्लासिक फिटनेस पार्क काँकरभिट्टाका सञ्चालक फिटनेस व्यवसायी गंगालाल गुरुङको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो । जिम तथा फिटनेस व्यवसायी संघ झापाको सहसंयोजकमा चन्द्र रानामगर, सचिवमा राजु दाहाल, सहसचिवमा निशा पोमु लिम्बू र कोषाध्यक्षमा निनु थपलिया रहेका छन् ।
त्यस्तै, संघको सदस्यमा खेमराज श्रेष्ठ, दिपेन चौधरी, छिरिङ लामा, धनञ्जय कृष, निर्दोष गौतम र प्रनिल धिमाल रहेका छन् । संघको सल्लाहकारमा हरि धिमाल, निर्मल गौतम र प्रसिद्धराज लवट रहेको सहसंयोजक रानाले जानकारी दिए ।