एजेन्सी- मोरोक्कोले अफ्रिका कप अफ नेसन्समा समूह ‘डी’ को विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा स्थान बनाउदा दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिएको छ ।

सोमबार राति मोरोक्कोले दक्षिण अफ्रिकालाई १-० ले पराजित गर्दै समूह विजेताको रुपमा नकआउट चरणमा स्थान बनाउन सफल भएको हो ।

नकआउट चरणमा स्थान बनाउन जित निकाल्नै पर्ने खेलमा पराजय बेहोरेसँगै दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिन बाध्य बन्यो । मोरोक्कोको जितमा इन्ज्युरी समयमा एमबार्क बोउसोउफाले गरेको गोल नै निर्णायक बन्यो ।

यो समूहबाट आइभोरी कोस्टले उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाउन सफल भयो । समूह चरणको अन्तिम खेलमा आइभोरी कोस्टले नामिवियालाई ४-१ ले हरायो ।

आइभोरी कोस्टको जितमा म्याक्स एलियन ग्राडेल, जियोफ्रोय सेरी डाइ, विलफ्रिड जाहा र म्याक्सवेल कर्नेटले गोल गरे । नामिवियाका जोस्लिन कामाटुकाले सान्तवना गोल फर्काए ।