गाइघाट । उदयपुरको थरुहट रंगशालामा जारी मुख्यमन्त्री कप १ नम्बर प्रदेश लिग फुटबल प्रतियोगिताको छनौट चरणमा बाक्सिला एफसी खोटाङले जीत दर्ता गरेको छ ।
खोटाङले ओखलढुंगा जिल्ला खेलकुद संघलाई २-० गोलले पराजित गर्दैै ३ अंक बटुल्न सफल भयो । उसका लागि खेलको ८ मिनेटमै जयजन्म केसीले गोल गरे भने सुदीप केसीले खेलको ३८औँ मिनेटमा गोल गरेर अग्रता दिलाए । खेलको म्यान अफ दी म्याच खोटाङका सुदीप केसी घोषित भए । उनले नगद ५ हजार पाए ।

यसैगरी इलामको ठुलो टुँडिखेलमा जारी समूह ग अन्तर्गतको छनौट चरणमा शुक्रबार पाँचथरको सरस्वती एफसी र ताप्लेजुङका प्रगतिशील युवा क्लबले बराबरी खेलेर अंक बाँडेका छन् । जसअनुसार दुवै टिमले ३-३ गोल गरेर समान १-१ अंक बाँडे । उक्त खेलको म्यान अफ दी म्याच प्रगतिशीलका क्रिस राई घोषित भए । उनले नगद ५ हजार पाए ।
