अमेरिकाकी मेगान रापिनोईले फ्रान्समा सम्पन्न फिफा महिला विश्वकप फुटबलमा ‘गोल्डेन बुट’ अवार्ड जितेकी छिन् । अमेरिकालाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेकी मेगानले ‘गोल्डेन बुट’ जितेकी हुन् । उनले प्रतियोगिताभर सर्वाधिक ६ गोल गरेकी थिईन् । यस्तै मेगानले उत्कृष्ट खेलाडी बन्दै ‘गोल्डेन बल’ अवार्ड समेत जितेकी छिन् ।
यस्तै गोल्डेन ग्लोभ्स अवार्ड नेदरल्याण्डकी सारी भानले जितिन् । जर्मनीकी गीउलिया ग्विन्नले युवा खेलाडीको अवार्ड जितिन् । यसै फ्रान्सले फेयर प्ले अवार्ड हात पारेको छ ।