एजेन्सी- कोपा अमेरिका २०१९ को उपाधि ब्राजिलले जितेको छ । फाइनलमा पेरुलाई ३-१ ले पराजित गर्दै ब्राजिल नवौं पटक च्याम्पियन बनेको हो । प्रतियोगिता अवधिभर अपराजित रहेको ब्राजिलले यसक्रममा १ गोल मात्र खायो । फाइनलमा पाउलो गुरेरोले पेनाल्टीमा गरेको गोल ब्राजिलका गोलरक्षक एलिसन बेकरले खाएको एकमात्र गोल थियो ।
यससँगै ब्राजिलले प्रतियोगिताको व्यक्तिगत विधातर्फको पुरस्कारमा पनि वर्चस्व जमाएको छ ।
उत्कृष्ट खेलाडी : ड्यानी आल्भेस (ब्राजिल)
गोल्डेन ग्लोभ्स (उत्कृष्ट गोलरक्षक) : एलिसन बेकर (ब्राजिल)
उत्कृष्ट युवा खेलाडी : एभरटन सोआएस(ब्राजिल)
सर्वाधिक गोलकर्ता : एभरटन सोआरेस (ब्राजिल) र पाउलो गुरेरो (पेरु) – ३ गोल