झापा- नेपालले मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । फाइनल मंगलबार किनारारा ओभल क्रिकेट मैदानमा हुनेछ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
त्यस्तै अर्को सेमिफाइनल खेलमा सिंगापुरलाई डक वर्थ लेविसका आधारमा ५१ रनले पराजित गर्दै हङकङले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । २ सय ४८ रनको लक्ष्य पक्ष्याएको सिंगापुर २८.२ ओभरमा ९७ रन बनाउन ५ विकेट गुमाएको अवस्थामा वर्षाको कारण खेल रोकिएपछि नजिता डव अर्थ लेविसका आधारमा पुगेको हो ।
नेपालले समुह चरणमा चीनलाई १० विकेट र सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको थियो । यस प्रतियोगिताको विजेता टोलीले २८ अगस्ट देखी ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुने एसिया कप खेल्न पाउने छ । यस प्रतियोगिताको विजेतासँगै भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, यूएई र कुवेतले एसिया कपमा प्रतिस्पर्धा गर्ने छन् ।
उत्कृष्ट प्रर्दशन गर्ने ३ खेलाडी

नेपाल मलेसियामा जारी एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । उपाधिको लागि मंगलबार हङकङसँग किनारारा ओभल क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्ने छ ।
सोमबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियामाथि ७ विकेटको सहज जित हात पार्यो । त्यस्तै अर्को सेमिफाइनल खेलमा सिंगापुरलाई डक वर्थ लेविसका आधारमा ५१ रनले पराजित गर्दै हङकङले फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको आयोजक मलेसिया ४०।५ ओभरमा अल आउट हुँदै ८७ रनमा समेटिएको थियो । ८८ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा ९० रन बनायो । घरेलु टोली मलेसियालाई हराउँदै नेपाललाई फाइनल सम्म पुर्याउन उत्कृष्ट प्रर्दशन गर्ने ३ खेलाडी स्
भिम सार्की
भिम सार्कीले चीन र सिंगापुरसँगको खेलमा नेपालले सहज जित हात पार्दा ब्याटिङ गर्नु परेन । आजको खेलमा ब्याटिङ गर्ने मौका पाएका भिमले उत्कृष्ट प्रर्दशन गरे । एक समय ६।३ ओभरमा ३०/३ को कमजोर अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि कप्तान रोहित कुमार पौडेलसँग अविजित ६० रनको साझेदारी गर्दै सहज जित पक्का गरे । सो क्रममा भिमले ३४ बलमा २ चौका र १ छक्का सहित ३३ रनको योगदान दिए । भिमलाई रोहितले २९ बलमा २ चौका र १ छक्का सहित ३१ रनमा नट आउट रहे ।
कुशल मल्ल
युवा खेलाडी कुशल मल्लले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएका छन् । आजको खेलमा ब्याटिङ गर्ने मौका नपाएपनि बलिङमा उत्कृष्ट प्रर्दशन गर्दै मलेसियालाई सस्तैमा समेट्न महत्वपूर्ण योगदान दिए । कुशलले ९ ओभरमा ५ मेडन सहित १३ रन खर्चेर २ विकेट चट्काए । कुशलले अहमद अकमल आलिफ र मोहम्मद खैरलाई आफ्नो सिकार बनाए । दोस्रो विकेटका लागि आमिर र वान अमीरुलको ३७ रनको साझेदारी तोड्दै नेपाललाई खेलमा फर्काएका थिए ।
उक्त साझेदारी कुशलले १२ ओभरको अन्तिम बलमा आमिरलाई २४ रनमा बोल्ड आउट गर्दै तोडे । आमिर अरु समय मैदान टिकेको भए मलेलियाले ठूलो इनिङ खेल्न सक्थ्यो । त्यस्तै तल्लोक्रममा रन जोड्न खोजि रहेका मोहम्मद खैरलाई १२ रनमा बोल्ड आउट गरेपछि मलेसिया सस्तैमा सेमिटिन पुगेको थियो । कुशलको घातक बलिङमा नेपालले सहज जित हात पार्यो ।
सागर ढकाल
स्पिनर सागर ढकालले आफ्नो उत्कृष्ट लयलाई आजको खेलमा पनि निरन्तरता दिएका छन् । सागरले मलेसियाको मध्यक्रम धरासय बनाउन महत्वूर्ण योगदान दिए । १० ओभरमा ३ मेडन सहित १६ रन खर्चेर ३ विकेट हात पारे । उनको कसिलो बलिङमा मलेसिया सस्तैमा समेटियो । प्रतियोगितामा दोस्रो पटक म्यान अफ द म्याच बनेका उनी म्यान अफ द सिरिजको पनि बलियो दावेदारको रुपमा उभिएका छन् ।