धरान । सुनसरीको धरानमा जारी मुख्यमन्त्री कप १ नम्बर प्रदेश लिग फुटबल प्रतियोगिताको सुपर सिक्स खेलमा शनिबार बेलबारी फुटबल क्लब मोरङले स्पष्ट जीत निकाल्दै महत्वपूर्ण तीन अंक बटुलेको छ ।
धनकुटाको बौद्धिक विकास समितिलाई ६-१ गोलको फराकिलो नतिजाबाट पराजित गर्दै मोरङले तीन अंक बटुलेको हो । मोरङका लागि खेलको १ मिनेटमै किरण लिम्बूले गोल गरेर अग्रता दिलाएका थिए । त्यसपछि भुषण लिम्बूले ४८औँ र वीरेन्द्र लिम्बूले ६१औँ मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाउन सफल भए ।

धनकुटाका सञ्जय रम्तेले खेलको ९२औँ मिनेटमा सान्त्वना गोल गरेको खेलमा यसअघि मोरङका सुशन लामाले ६७ र ७३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए भने ७७औँ मिनेटमा भुवन बस्नेतले खेलको ७७औँ मिनेटमा गोल गरेर ६-१ गोलको अन्तरमा टिमलाई विजयी बनाए ।
खेलको म्यान अफ दी म्याच मोरङका सुशन लामा घोषित भए । उनले पुरस्कारस्वरुप नगद ५ हजार र ट्रफी पाए ।
