झापा । नेपाली कराते टोली एसियन कराते फेडेरेसनको आयोजनामा हुने १६औं संस्करणको एकेएफ सिनियर कराते च्याम्पियससिपको लागि सोमबार प्रतियोगितास्थता उज्जेकिस्तानको तासकेन्ट प्रस्थान गरेको छ ।

६ सदस्यीय नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । नेपाली टोलीमा पर्शुराम बास्तोला, विजय श्रेष्ठ, राजीव पुडासैनी, नवीन रसाइली, अनु अधिकारी र एस्तर राई रहेका छन् ।

पुरुषतर्फ पर्शुरामले एकल कातामा आफ्नो चुनौती पेश गर्नेछन् । विजयले ५५ केजीमुनि, राजीवले ६० केजीमुनि र नवीनले ६७ केजीमुनि प्रतिस्पर्धा गर्नेछ ।

महिलामा अनु अधिकारीले ५५ केजीमुनि र एस्टर राईले ६० केजीमुनि आफ्नो चुनौती पेश गर्नेछिन् । च्याम्पियनसिप १५ जुलाईदेखि २१ जुलाइसम्म हुनेछ । नेपाली खेलाडीले १९ देखि २१ जुलाईमा प्रतिस्पर्धा गर्नेछन् ।