धरान । मुख्यमन्त्री कप १ नम्बर प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिताको फाइनल खेलको पहिलो हाफ सकिँदा सैनिक युथ क्लब झापाले अग्रता लिएको छ ।
विपक्षी बेलबारी एफसी मोरङविरुद्ध झापाले १-० गोलले अग्रता लिएको हो । झापाका लागि रेजिन माझीले खेलको १ मिनेटमै गोल गरेर अग्रता दिलाएका हुन् ।

फाइनल विजेता टिमले नगद ५ लाख पाउनेछ । त्यस्तै च्याम्पियन बनेको टिमले चार किलो चाँदीबाट निर्मित आकर्षक ट्रफी पनि पाउनेछ भने उपविजेताले नगद ३ लाखमा चित्त बुझाउनु पर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १ लाख पाउँदा अन्य विधाका विजेता खेलाडीले जनही २५–२५ हजार पाउने छन् ।