झापा । नेपाली राष्ट्रिय फुटबल टोलीका नम्बर एक गोलरक्षक किरण चेम्जोङले भारतको आइ लिग क्लब मिनर्वा पञ्जाबसँग एक बर्षको सम्झौता गरेका छन् ।

किरणको सम्झौताबारे पञ्जाबले आफ्नो आधिकारिक सामाजिक सञ्जालमाफृत पुष्टी गरेको हो । क्लबका अनुसार किरणले क्लबसँगको अनुबन्धबारे सहमति जनाइसकेका छन् । क्लबले सामाजिक सञ्चालमा भनेको छ, किरण इज द ब्याक विथ द मिनर्वा फेमिली । पञ्जाबमा किरणको यो दोस्रो स्पेल हुनेछ । किरणले सन् २०१८ मा पनि पञ्जाबका लागि केही लिग म्याचहरु खेलेका थिए ।

किरणले सन् २०१८ मा मिनेर्भाबाट खेल्दै क्लबलाई लिग उपाधि दिलाएका थिए । त्यसपछि माल्दिभ्सको टिसी स्पोर्ट्स पुगेका किरणले त्यहाँ रहेर पनि लिग उपाधि जितेका थिए ।

पञ्जाबले गत सिजन आइ लिगको दशौं स्थानमा रहेर सिजनको समापन गरेको थियो । स्मरणीय छ, यसअघि माल्दिभ्सको लिग च्याम्पियन टिसी स्पोर्टसमा आवद्ध किरणले नेशनल ड्युटीका क्रममा क्लबमा समयमै आफ्नो रिर्पोटिङ गर्न नसकेपछि टिसी स्पोर्टसले उनीसँगको सम्झौता रद्द गरेको थियो ।

किरणले यसै महिना मिनेर्भासँग अनुबन्धन गर्ने बुझिएको छ । किरण हाल राष्ट्रिय टोलीसँग रहेर विश्वकप छनोटको तयारीमा व्यस्त छन् ।