पाँचथर- सदरमुकाम फिदिममा रहेको खेलमैदानको पर्खाल शनिबार भत्किएको छ । खेलमैदानको स्तरोन्नतिको काम भइरहेको थियो । मैदानमा घाँस रोप्नेलगायत वरिपरी पर्खाल लगाउने काम यसअघि भएको थियो । भत्किएको पर्खाल भने यसअघि नै निर्माण गरिएको हो ।

करिब साँझ पाँच बजेको समयमा उक्त पर्खाल भत्किएको हो । पर्खाल भत्किँदा मुनिको एक घरमा सामान्य क्षति पुगेको छ । लगातारको वर्षाका कारण पर्खाल भत्किएको अनुमान गरिएको छ । करिव ५० मिटर पर्खाल भत्किएको छ ।

पर्खाल भत्किएपछि लखन मार्गको बाटो अवरुद्ध बनेको छ । संयोगले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । पर्खाल भत्किएपछि मैदानको पश्चिमपट्टिको मैदानमा प्वाल परेको छ ।