एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई एक खेलको प्रतिबन्ध लागेको छ । ब्राजिलमा सम्पन्न कोपा अमेरिका अन्तर्गत चिलीविरुद्ध रातो कार्ड पाएका मेस्सीलाई साउथ अमेरिकन फुटबल कन्फेडेरेसनले मेस्सीलाई एक खेलको प्रतिबन्ध लगाएको हो ।

कोपा अन्तर्गत तेस्रो स्थानको लागि चिलीसँगको खेलमा मेस्सीले रातो कार्ड पाएका थिए । चिलीका गेरी मेडलसँग झगडा गरेपछि मेस्सीले रातो कार्ड पाएका थिए ।

एक खेलको प्रतिबन्धसँगै मेस्सीले सन् २०२२ को विश्वकप छनोट अन्तर्गतको पहिलो खेल गुमाउने सम्भावना छ ।

यस्तै कन्फेडेरेसनले मेस्सीलाई १५ सय डलर जरिवाना समेत गरेको छ । कोपा अमेरिकामा ब्राजिललाई उपाधि दिलाउन भ्रष्ट्राचार भएको आरोप लगाएको कारण मेस्सीलाई १५ सय डलर जरिवाना गरिएको हो ।

मेस्सीले चिलीविरुद्धको खेलपछि भ्रष्ट्राचार भएको आरोप लगाएका थिए । मेस्सीले तेस्रो स्थानको मेडल लिन समेत अस्विकार गरेका थिए ।